धनगढीमा अत्याधुनिक सेवा सुविधाको आँखा अस्पताल सञ्चालित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढीमा अत्याधुनिक सेवा सुविधाको आँखा अस्पताल सञ्चालित


११ भाद्र २०७४, आइतबार


कैलाली । धनगढीमा निजीस्तरबाट अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालन गरिएको छ । झण्डै दुई करोडको लगानीमा सञ्चालन भएको ‘धनगढी नेत्रालय’मा २५ शैया छन् ।

अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत उपचार तथा शल्यक्रिया गरिने अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले जानकारी दिए । गेटा आँखा अस्पतालका पूर्वनिर्देशक विद्या पन्त, धर्मानन्द अवस्थी र गजेन्द्रबहादुर चन्दको संयुक्त लगानीमा आँखा अस्पताल सञ्चालन गरिएको जनाइएको छ ।

पूर्वनिर्देशक पन्तका ९८ वर्षीय बुबा चुडामणिको आँखा परीक्षण गरेर अस्पतालले सेवा प्रारम्भ गरेको हो । उद्घाटनको दिन १० आँखा रोगीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस