२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्चा बटुल्दै सिराडी

अ+ अ-

धनगढी । कृष्णा सिराडीको गायन यात्रा धेरै लामो छैन, तर उनको गायकीको चर्चा खुब छ । यसको कारण हो– उनको जादूमयी स्वर । ६ महिनायता उनले झण्डै आधा दर्जन गीतमा स्वर भरिसकेकी छिन् ।

दर्शक तथा स्रोताबाट निकै राम्रो रेस्पोन्स पाइरहेको नवगायिका सिराडी बताउँछिन् । ‘उहाँहरूको रेस्पोन्सले मलाई अगाडि बढ्ने हौसला दिएको छ,’ उनी भन्छिन् ।

बाल्यकालदेखि उनको संगीतप्रति लगाब थियो । रेडियोमा गीत बज्दा नसकिनसम्म उनलाई उठ्नै मन लाग्दैनथ्यो । त्यही लगावले नै संगीत यात्रा थालेको उनी बताउँछिन् । ‘संगीतमा केही गर्न सक्छु भन्ने लागेर गायन थालेको हुँ,’ उनी भन्छिन् । यसमा परिवारको पनि साथ पाइरहेको उनी बताउँछिन् ।

सिराडीको गायकी आशलाग्दो भएको लोक तथा देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन् । ‘उनको स्वर मात्र हैन, स्टेज पर्फरमेन्स पनि राम्रो छ,’ उनले भने ।

गायनमा मात्र होइन, उनी साहित्य लेखनमा उत्तिकै क्रियाशील छन् । उनी कैलाली बहुमुखी क्याम्पसअन्तर्गत विद्यार्थी साहित्य प्रतिष्ठान उपसमितिकी सचिव समेत हुन् । ‘सिराडीको साहित्य लेखन पनि राम्रो छ,’ विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष तोयराज भट्ट भन्छन् ।

युवा पुस्ताले आफ्नो भाषा, संस्कृति तथा संगीतलाई चासो दिनुपर्ने उनी सुझाउँछिन् ।

अब निरन्तर संगीतमा क्रियाशील हुने सिराडीको सपना छ ।

प्रतिक्रिया दिनुहोस