२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्य सचिवको उपसचिवलाई आग्रह– “पेशागत मूल्य मान्यता नछाड्नुस्”

अ+ अ-

काठमाडौं । पूर्वमुख्य सचिव डा. बिमल कोइरालाले उपसचिवलाई पेशागत मूल्य मान्यतामा रहेर काम गर्न आग्रह गरेका छन् ।

‘राजनीतिक तटस्थता भएर काम गर्ने कर्मचारीको भविष्य उज्ज्वल छ,’ चैतन्य इन्सिच्युट अफ म्यानेजमेन्टले आयोजना गरेको नवप्रवेशी उपसचिवको बधाई तथा सम्मान कार्यक्रममा उनले भने, ‘त्यसकारण राजनीतिक प्रभावमा पर्ने होइन, पेशागत दक्षता तथा नैतिक आचरण बनाउन र पेशागत मूल्य मान्यतालाई जोड दिएर काम गर्नुस् ।’

कर्मचारी राजनीतिक रूपले पूर्वाग्रही नभएर पनि काम गर्न सक्ने उनले बताए । ‘म पदमा रहँदा कहिल्यै पनि राजनीतिक दलसँग आबद्ध भएन, न त दलबाट प्रभावित नै भएँ,’ उनले भने । त्यसकारण म नेपालमा रहेका सिनियर अर्गनाइजेसनको सिनियर एडभाइसरका रूपमा काम गरिरहेको छु, किनकि म कुनै पनि राजनीतिक दलको प्रभावबाट मुक्त थिएँ ।

‘उपसचिव राजनीतिक रूपले प्रभावित हुने पद होइन,’ उनले तर्क गरे, ‘यो भन्दा तल्लो तहको कर्मचारी ट्रेड युनियनमा आबद्ध हुन पाउँछ, सहसचिव भन्दा माथिल्लो तहकाले कुनै न कुनै दललाई रिझाउनुपर्ने टे«न्ड छ ।’ त्यसैले जिम्मेवारी तदारुकताका साथ निभाउन सहज हुने उनले बताए । उनले कर्मचारीको काम गर्ने परिपाटीमा समेत परिवर्तन गर्न आवश्यक रहेको औंल्याएका छन् ।

कार्यक्रममा चैतन्यका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले तयारी कक्षा लिएकाहरु सत्प्रतिशत सफल हुनु चैतन्यको सफलता भएको बताए । ‘आगामी दिनमा यसलाई थिङ्क ट्याङ्ककै रूपमा विकास गर्दै लैजाने योजनामा छौं,’ उनले योजना सुनाए ।

कार्यक्रमका सहभागी टोपराज पाण्डेयले निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि चैतन्य राम्रो प्लेटफर्म भएको प्रतिक्रिया दिए । अर्का सहभागी गगन बिकेले सम्मान र बधाई कार्यक्रमले कर्मचारीको मनोबल बढाएको बताए ।

चैतन्यले लामो समयदेखि शाखा अधिकृत, उपसचिव तथा सहसचिवको तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

र यो पनि,

राज्यबाटै शोषित हुने अवस्था आयो भने त्यसले खतरनाक सामाजिक द्वन्द्व निम्त्याउँछ 

नवप्रवेशी सहसचिवहरुलाई पूर्व मुख्य सचिवको स्पष्ट मार्गदर्शन

तल्लो तहमा अधिकार दिने प्रक्रिया वैज्ञानिक बनाउनुपर्छ

प्रतिक्रिया दिनुहोस