३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूदूर पश्चिममा वल्के चाडको चहलपहल

अ+ अ-

धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।

साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई भ्याइनभ्याइ भएको थियो । काम विशेषले घर बाहिर रहेका पनि वल्के चाड मनाउन आआफ्ना घरमा फर्किन थालेका छन् ।

आफ्ना मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनका रुपमा पिंडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दियौँदेखि रहिआएको छ ।

वल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मीठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

वल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रंगाई रमाइलो गर्ने गरिन्छ ।

यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ ।

रोगको संक्रमणबाट बच्न हातखुट्टा रंगाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ । यो पर्वका बेला ७ नम्बर प्रदेशमा स्थानीय बिदा दिनुपर्ने आवाज उठ्दै आए पनि सरकारले सुनुवाइ नगरेको गुनासो रहेको छ ।

शदियौँदेखि मनाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के चाड मनाउँदै आएका हरिहर जोशी बताउछन् ।

फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्के जस्ता थुप्रै चाडपर्वको मौलिकतानै हराउन थालेकोमा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा शदियौँदेखि मनाइँदै आएका कतिपय चाडपर्व विस्तारै हराउन थालेको भन्दै डोटेली संस्कृतिप्रेमी आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस