२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत र क्षतिपूर्ति दिन कुनै कसर बाँकी नराख्नुस् – प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षका कारण बाढीपहिरो र डुबानबाट प्रभावित तराई–मधेशका नौ जिल्लाको सोमबार अवलोकन गरेका छन् ।

प्रधानमन्त्री देउवाले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सुनसरी, मोरङ र झापाको अवलोकन गरेका उनको निजी सचिवालयले जनाएको छ ।

अवलोकनका क्रममा प्रधानमन्त्री देउवाले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा पूर्वाञ्चल क्षेत्रका सबै सरकारी अधिकारीलाई कुनै कमीकमजोरी नआउने गरी राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए ।

“तपाईहरु अब बाढीपीडितलाई राहत कसरी दिने भन्नेमा केन्द्रित हुनुहोस्”– प्रधानमन्त्री देउवाले भने, “राहत वितरण र क्षतिपूर्तिमा कुनै कमजोरी भएको मैले सुन्न नपरोस् ।”

त्यसैगरी इटहरीको कृष्ण मन्दिरमा बाढीपीडितसँग साक्षात्कार गर्दै प्रधानमन्त्री देउवाले पीडितको उद्धार र राहत कार्य आफैँमा निकै गम्भीर भएको हुँदा छिट्टै राहत र क्षतिपूर्ति रकम उपलब्ध हुने विश्वास दिलाए ।

“बाढीले तराईमा गरेको यो निकै ठूलो मानवीय र भौतिक क्षतिप्रति सरकार गम्भीर छ”– उनले भने, “तपाईहरुलाई राहत रकम छिट्टै हात हातमा सरकारले पुर्याउने छ ।”

प्रधानमन्त्री देउवाले राहत सामग्री सरकारले यातायातमा कठिनाइ भए स्थानीय बजारमा खरिद गरेर भएपनि वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

“यातायात अवरोधले राहतको रकम ल्याउन कठिनाइ भए हामीले स्थानीय बजारमै किन्ने व्यवस्था पनि गरेका छौँ”– उनले भने, “सरकारले निर्णय गरेको दुई लाख क्षतिपूर्ति रकम केही दिनभित्रै तपाईहरुको हातमा आउनेछ ।”

पीडितको उद्धार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस