२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फालेलुङमा पहिरोमा परी चारको मृत्यु

अ+ अ-

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर आज तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् ।

उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको शव अहिलेसम्म पहिरोबाट निकाल्न सकिएको छैन ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अहिले उक्त क्षेत्रमा उद्धार गरिरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिए ।

पहिरोले राईको घर पनि बगाएको छ भने स्थानीयको एक हल गोरु, दुई वटा गाई, नौवटा खसीबाख्रा, मरेका छन् । पहिरोबाट उक्त ठाउँमा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिए ।

यसैगरी फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ ।

मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक छन् । अहिले दुवै क्षेत्रमा अन्य पीडितलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको र राहत सामग्री लैजाने कार्य भइरहेको गणपति पन्तले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस