सर्वोच्चद्वारा चुडामणि शर्मालाई साधारण तारिखमा छाड्न आदेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चद्वारा चुडामणि शर्मालाई साधारण तारिखमा छाड्न आदेश


प्रशासन विशेष ब्युरो

२७ श्रावण २०७४, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट अन्तर्गत सर्वोच्चले आज शर्मालाई थुनामुक्त गर्न आदेश सुनाएको हो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।

आयोगले शर्मासहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शर्मासँग विशेष अदालतले मागेको धरौटी रकमलाई पनि सर्वोच्चले अस्वाभिवक भनेको छ । धरौटी रकम मनासिब नदेखिएको आदेशमा उल्लेख छ ।

यही साउन ४ गते सर्वोच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो । सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।

शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस