३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकारी अधिकृतलाई कुटपिट गरेको आरोपमा एक पक्राउ

अ+ अ-

धनुषा । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय शतिष झा रहेका छन् । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत साउन १७ गते एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको सहरी विकासमन्त्री प्रभु साह निरीक्षण गर्न आएका बेला जनकपुरको मुरलीचोकमा मन्त्रीकै सामुन्ने स्थानीयले उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुवेदीमाथि हातपात गरेका थिए ।

मन्त्री साहले एडिबी परियोजना, विद्युत्, टेलिकम, खानेपानी तथा उपमहानगरपालिकाका कर्मचारीलाई निर्देशन दिइरहेको बेला कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमै बसेर मोबाइल चलाई मन्त्रीको निर्देशनलाई अवज्ञा गरेको भन्दै स्थानीय शतिष झा लगायतले उहाँलाई कुटपिट गरेको बताइएको छ ।

वर्षात्को बेलामा सडकलाई जथाभावी खनेर राख्दा सर्वसाधारणले सास्ती पाएको र जनकपुर उपमहानगरपालिका लापर्बाही भएको भन्दै आक्रोशित स्थानीयबासिन्दाले कार्यकारी अधिकृत सुवेदीमाथि हातपात गरेका थिए ।

कार्यकारी अधिकृतमाथि हातपात गर्ने दोषीमाथि कार्बाहीको माग गर्दै जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकारवाही ठप्प गरी आन्दोलमा उत्रेका छन् ।

पक्राउ परेका झाको रिहाईको माग गर्दै जनकपुर मुरलीचोकका स्थानीयले सडक जाम गर्दै आन्दोलनमा उत्रेका छन् ।

झा तत्काल रिहाइ, सडक सुधार र लापर्बाही गर्ने कार्यकारी अधिकृतलाई कारबाहीको माग गर्दै आज बिहानदेखि स्थानीयले सडक अवरुद्ध गरेर टायर बाल्दै प्रदर्शनमा उत्रेका छन् । रासस

प्रतिक्रिया दिनुहोस