२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुट उपगुटले थलिएको कांग्रेस

अ+ अ-

तस्विरः लेखक

नेपाली कांग्रेसको जन्मिदा नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलमन्त्रलाई अंगिकार गरेको हो तर ब्यवहारमा भने गुटउपगुट, टुटफुट, खुट्टा तानातान, विभाजन ग्रस्त हुँदैआएको छ । स्थापनाकालदेखि नै यस पार्टीमा गुटउपगुट रहि आएपनि पछिल्लो पटक देखिएका गुट र तिनका गतिविधीले नेपाली कांग्रेस थलिएको छ ।

स्थानीय तह निर्वाचनमा आफ्नै पार्टी बिरुद्ध भएका घात अन्तरघातले नेपाली कांग्रेस कता जान खोजिरहेको छ भन्ने कुरालाई पुष्टी गर्दछ । नेपाली कांग्रेसको बृतमा भैरहेका नराम्रा खेलले निष्ठावानहरुमा चोट पुर्याएको छ । विपी कोइरालाको समाजवादी चिन्तन, लौहपुरुष गणेशमान सिंहको त्याग र सन्तनेता किशुनजीको सादगी जीवनलाई आदर्श मान्नेहरु चारतारे झण्डाको फेरो समातेर आपसमै वाकयुद्ध र पदका खातिर इमान, इज्जतलाई तिलाञ्जली दिदै स्र्वाथपूर्तिका खेलमा लागेकाहरुलाई धिक्कार्नु वाहेक केही गर्न सकिरहेका छैनन् ।

नेपाली कांग्रेस जस्तो गौरवशाली ईतिहास बोकेको प्रजातान्त्रिक पार्टीमा आस्था राख्ने करोडौं कांग्रेसी मन र शुभ चिन्तकहरु नेतृत्वकर्तामा देखिएको गैरजिम्मेवारीपन, पदलोलुपता र सिमित स्वार्थका लागि नैतिक आचरण समेत दाउमा लगाउने प्रवृतिले निराश, क्रुद्ध र हतोत्साही भएका उदाहरणहरु जताततै देखिन्छन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि भातृसंगठन गाउँ, नगर, वडा र प्रवास सहित सवैतिर विवादको यो रोगले नराम्रोसंग जरो गाडेको आज हामी माझ घाम जतिकै छर्लङ्ग छ ।


पार्टी एक ढिक्का हुनुपर्छ भनेर लाग्नेहरु समेत गुट र समुहको मारमा छन् । संरक्षणका लागि उनिहरुले पनि कुनै न कुनै गुटको पछि लाग्नुपर्ने अबस्था सिर्जना भएको छ ।


गुट उपगुटहरु पार्टीका लागि धमिरो सिद्ध भएका छन् । सरकार गठन, मन्त्री नियूक्त देखि तल्लो तहसम्म देखिएको पार्टीभित्रको गुटगत सक्रियताले इमान्दार नेता कार्यकर्ताहरु निरास भएका देखिन्छन् । पार्टी एक ढिक्का हुनुपर्छ भनेर लाग्नेहरु समेत गुट र समुहको मारमा छन् । संरक्षणका लागि उनिहरुले पनि कुनै न कुनै गुटको पछि लाग्नुपर्ने अबस्था सिर्जना भएको छ । पार्टी भन्दा पनि गुटको संरक्षणमा नेताहरु लागेका देखिन्छन् । पहिले देखि नै गुटउपगुटले प्रसय पाएको भएपनि पछिल्ला दिनमा नेपाली कांग्रेसमा यो प्रवृती दुःख लाग्दो गरि झाँगिएको छ । उच्च तहको नेतृत्वबाटै यस्तो प्रबितीलाई मलजल गर्ने काम भैरहेको छ ।

यस पटकको स्थानीय तह निर्वाचनमा देखिएको घात अन्तरघात तथा सरकार गठनको समयमा नेपाली कांग्रेस भित्र मन्त्री सिफारिसमा देखिएको सकस यसको घिन लाग्दो उदारण हो । जसको आलोचना चिया पसल र चोकसम्मै भैरहेको सुनिन्थ्यो । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदबारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्ने नेपाली कांग्रेस केन्द्रीय समितिमा कुरो उठेपछि जिल्ला, नगर र गाउँ तहमा फेरी नरमाईला दृष्य देखा परिरहेका छन् । गल्ती गर्नेको सहि छानविन हुनुको साटो प्रतिशोध साध्नका लागि एक अर्कोलाई कारवाहीका लागि सिफरिस गर्ने कार्य भैरहेको छ । एक गुटले अर्को गुटको नाम असहयोगि भन्दै सार्वजनिक भैरहेका छन् । आफुलाई अब्बल नेता सम्झीने ति कांग्रेसी मनुवाहरुले त्यसको असर जनतामा के पर्दछ । त्यसले निकट भविष्यमै हुने संसदिय र प्रादेशिक निर्वाचनमा के असर पार्दछ भन्नेसम्म हेक्का राखेका छैनन् । आफुलाई सधै कांग्रेसी भन्ने तर आवश्यक परेको बेलामा कांग्रेसी ब्यवहार नदेखाउनेहरुलाई पार्टी नेतृत्वले कारवाही गर्न सक्नुपर्छ । यसका लागि गुटउपगुटका कुरा नगरी यि र यस्ता प्रबृतीलाई पार्टीले सदाका लागि बिदाई नगरेसम्म यो समस्याले नेपाली कांग्रेसलाई सताई रहने छ ।

सुनिन्छ, निर्वाचनको समयमा नेपाली कांग्रेसलाई पराजय गर्न प्रतिस्पर्धी पार्टीको उम्मेदबारले सबैभन्दा पहिले पार्टी भित्रका गुट उपगुटलाई राम्रोसंग चिन्ने काम गर्दछ । त्यसपछि त्यस भित्र अन्तरबिरोध हाल्दै एक अर्का बिरुद्ध उचाल्ने पछार्ने काम गर्दछ । नेपाली कांग्रेस नेतृत्वदेखि कार्यकर्तासम्म गुटमा बिभक्त हुँदै गाउँसम्म त्यसलाई संचार गर्दछ । आफु भित्रको कलहलाई सतहमा छताछुल्ल पार्दछ । आफ्नै उम्मेदबारका बिरुद्ध हराउने तुनामुना बुन्दछ । इतर पार्टीका उम्मेदबारको प्रशंशा गर्दछ । यसरी नेपाली कांग्रेसको उम्मेदबारलाई प्रतिपक्षले हाराउनु पर्दैन, आफ्नै गुटउपगुटले किनारा लगाउँछ । यही प्रबृती यस पटकको स्थानीय तह निर्वाचनमा देखिएको हो । निकै सम्भावना भएका ठाउँमा पनि नेपाली कांग्रेसका उम्मेदबारले हार ब्यहोरेका छन् । तर अहिले त्यो हारलाई पार्टीको हारसंग नजोडेर ब्यक्तिको हारसंग जोडेर चर्चा हुँदैछ ।

नेपाली कांग्रेस भित्र चिन्ता लाग्दो दृष्य यस पटक सरकारमा मन्त्री सिफारिस गर्दाको देखियो । यस पटक सरकारमा सिफारिस गरिएका ब्यक्तिलाई पार्टीको भन्दा समुहका भनेर बाहिर सन्देश दिने काम भयो । संस्थापनबाट, पौडेल समुह, खुम बहादुर, सिटौला वा यस्तै यस्तै । यो नेपाली कांग्रेसका निष्ठाबान कार्यकर्ता र शुभ चिन्तकका लागि सबैभन्दा दुःखलाग्दो बिषय हो । जो सरकारमा गए ति ब्यक्ति नेपाली कांग्रेसका नेता हुन् । कुनै समुहबाट भन्दा पनि नेपाली कांग्रेसबाट प्रतिनिधीत्व गरेका हुन भन्ने सन्देश दिनुको साटो तल्लो तहसम्म गुटमा बिभक्त भएको सन्देश प्रवाह गर्ने काम भयो । यसले कांग्रेसी मन कुडिएको छ ।

अरुलाई प्रजातान्त्रिक अभ्यास गर्न सिकाउने पार्टीमा हरेक अधिवेशनबाट बिभाजन भएका मनहरुलाई एक ठाउँ ल्याउन सकिएको छैन । हार्नेले जित्नेको अस्थित्व स्वीकार नगर्ने दीर्घ रोक कांग्रेस भित्र मौलाएको छ । पार्टी नेतृत्वलाई रचनात्मक सुझाव दिएर अगाडी बढ्नुको साटो पार्टी भित्र गुटको लागि भन्दै हिस्सा खोज्ने काम भैरहेको छ । यो प्रजातान्त्रीक पार्टीको संस्कार हुन सक्दैन । आफ्नो अस्थित्व बनाउनका लागि गुटलाई बलियो बनाउने ध्याउन्नमा नेताहरु लागेका छन् । मानौं पार्टीका अधिवेशनमा गरिने सर्मथन वा सहयोग सरकार र पदमा जाने भर्याङ बनाउने काम भैरहेको नेपाली कांग्रेस भित्र देखिएको छ । निर्वाचन जितेकाहरुले हारेकालाई उचित स्थान दिन नसक्नु वा नेता कार्यकर्ताको सहि मुल्यांकन हुन नसक्नुले यस्तो समस्या सिर्जना भएको मान्न सकिन्छ ।

पार्टीका हरेक अधिवेशनमा देखिएको बिभाजनको मार निर्वाचनहरुमा परेको देखिन्छ । यस बीचमा भएका दुईवटा संविधान सभाका निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस भित्र जो बिभाजनको मनोबिज्ञान देखियो त्यो अधिवेशनको दरार वा बिभाजन हो । नेपाली कांग्रेस भित्रका धेरै कार्यकर्ता पार्टी सिद्धान्त भन्दा ब्यक्तिका अनुयायी भएका छन् । यस्तो संस्कृतीको विकास नेतृत्वबाट नै भएको हो । गुटउपगुटलाई बलियो बनाउनका लागि पार्टी भन्दा ब्यक्तिका नेता कार्यकर्ता जन्माउने काम भैरहेको छ । गुटले त्यस्तै किसिमको प्रशिक्षण दिई रहेको हुन्छ । यस कारणले पनि कांग्रेस भित्रको यो गुटउपगुटको संस्कृती न्यूनिकरण हुने अबस्था छैन ।


गुटउपगुटलाई बलियो बनाउनका लागि पार्टी भन्दा ब्यक्तिका नेता कार्यकर्ता जन्माउने काम भैरहेको छ ।


यो झाँगिदो गलत प्रबृतीलाई समाप्त गरि सिंगो पार्टी एकतावद्ध भएको सन्देश प्रवाह गर्नका लागि पार्टी भित्र मध्यमार्गि नेतृत्व चाहिन्छ । नेपाली कांग्रेसमा नेतृत्वलाई एक ठाउँमा ल्याउने र बृहत छलफल चलाउने मध्यमार्गि नेताहरुको पनि अभाव छ । पार्टीका नेता भातृ संगठन र सुभेच्छुक संस्थाहरु समेत गुटउपगुटमा लागेका देखिन्छन् । यो नेपाली कांग्रेसका लागि दुर्भाग्य हो । ‘विपीवावुले क्यान्सरले ग्रसीत हुँदाका वखतमा समेत टुडिखेलमा गर्नुभएको भाषण युट्युवमा सुन्दा होस् या किशुनजीले सुराही, छाता र ट्यांङ्गका समातेर दिएको मुस्कानको तस्वीर नियाल्दा र गिरिजावावुले लाखौं कांग्रेसीहरुको माझ जय नेपालको उद्घोष गर्दा गर्वले शिर उच्च पार्ने कांग्रेसीजनहरु पद र स्वार्थपूर्तिका निम्ति भएको कोठे युद्धका शिकार भएर शिर झुकाउन बाध्य छन् । अर्काे पक्षधरसंगको वैचारिक लडाईका लागि पूर्व तयारीका एजेण्डाहरु बनाउन छोडेर आपसमा भिड्दा सांगठनिक रुपमा आफै कमजोर भइन्छ भन्ने कुरो नेतृत्वलाई अवगत गराउने गराउनुपर्ने विषय होइन जस्तो लाग्छ ।

विपी, गणेशमान, किशुनजी, गिरिजावावु र शुसिलदाको तस्वीरमा माल्र्यापण गर्दैगर्दा यी बुढाहरु बरु बेलाबेलामा एक आपसमा मिल्दैनथे हामी त एक छौं भन्ने उदाहरण अहिलेको नेतृत्वले दिन सक्नु पर्छ । एउटै खाटमा सुत्दा खुट्टाले छोइयो भन्दैमा लाती नै हान्यो भनेर अर्काे खाट वा कोठामा सुत्न गइयो भने भएका लालावालाको विजोग हुन्छ भने अरु लालावाला गर्भमा बस्न पनि पाउँदैनन् भन्ने हेक्का होस् । ठूलो घरमा बसेपछि आवाज सानो ठूलो हुनु अस्वभाविक होइन तर घरकै भित्ता फोड्यो भने त्यो घरको सुरक्षा हुदैन ।

त्यसैले नेपाली कांग्रेस बलियो भएमा नेपालीहरु बलिया हुने हुन् । प्रजातन्त्र ,विधी र कानुनको शासन बलियो हुने हो । गुट बलियो भए नेता बलियो होला तर आम कांग्रेसी बलिया हुन कदापी सक्दैनन् । यो कुरो नेतृत्वले बुझ्नु जरुरी छ । नेपाली कांग्रेसको जन्मीदा नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलमन्त्रलाई ब्यावहारमा देखाउनका लागि ब्यापक अन्तरकृया गर्नु जरुरी छ । नेपाली कांग्रेसभित्र मौलाएको गलत प्रबृतीलाई निरुत्साहित गर्नका लागि केन्द्रदेखि तल्लो तहसम्म छलफल चलाउन अव ढिलो गर्न पनि हुँदैन । प्रदेश सभा र संसदीय निर्वाचन पूर्व नै गुटको संरक्षण गर्ने केन्द्रिय नेता र नेतृत्वहरुले गुट अन्त्य भएको सन्देश जनता सम्म पुर्याउनु जरुरी छ । नेपाली कांग्रेसको निष्ठामा बाँचेका कांग्रेसीहरुले यही खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस