२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा बसको सेवा बन्द गराउने चेतावनी

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् ।

काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९ औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताए । उनले सरकारको स्पष्ट नीति नहुँदा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै निजी क्षेत्रबाट यातायात क्षेत्रमा चार खर्बको लगानी भएको छ भने ।

हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताए ।

अरनिको यातायात व्यवसायीका अध्यक्ष श्याम लामाले साझा यातायातले दिने भन्दा सेवा सुविधा बढाएर बस सञ्चालन आवश्यक छ भने ।

काभ्रे बस व्यवसायी सङ्घका अध्यक्ष डिलबहादुर शाहीले अब साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताए ।

झण्डै एक महिनादेखि साझा यातायातले जिल्लाको साँगाबाट पनि बस सेवा सञ्चालन गरेपछि धुलिखेलबाट पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस