३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका गाडी मुग्लिनतर्फ

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ ।

सो सडकको जलवीरेदेखि मुग्लिनसम्म खसेका पहिराको छेउको भाग हटाएर करिब १२५ गाडीलाई मुग्लिनतर्फ पठाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार जलवीरेदेखि नारायणगढतर्फका सवारी भने बीचमा नै छन् । साँझ अबैरसम्ममा ती सवारीलाई गन्तव्यतर्फ पठाउनका लागि काम भइरहेको उनको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार १० ठाउँमा ठूला पहिरो तथा अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किमी क्षेत्रमा पहिरो खसेको हो ।

मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ । त्यसैगरी मुग्लिनबाट २ दशमलब ५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिमा तीन ठूला पहिरो खसेको खनालले बताए । थप पहिरो नखसेमा शुक्रबार मध्याह्नसम्ममा दुईतर्फी सडक सञ्चालन हुने उनको भनाइ छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीन किलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । रासस

प्रतिक्रिया दिनुहोस