२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठताका आधारमा शिक्षाका कर्मचारी खटाउन आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठताका आधारमा मात्र आफ्ना कर्मचारी खटाउने अडान लिएको छ ।

शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘कहिले जान्छ स्थानीय तहमा शिक्षाका कर्मचारी ?’ विषयक अन्तक्र्रियामा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले ज्येष्ठताका आधारमा स्थानीय तहमा खटाउनुपर्ने आग्रह अन्य सम्बन्धित मन्त्रालयलाई गरिएको बताए ।

शिक्षा मन्त्रालयले विभिन्न स्थानीय तहमा हालसम्म खटाएका ७८ जना उपसचिवलाई पनि हाल ती तहमा नपठाइ काज स्थगन गरेको छ ।

उनले निजामती ऐनअनुसार शिक्षाका कर्मचारी स्थानीय तहमा जान आतुर भएको तर कनिष्ठ कर्मचारी कार्यकारी अधिकृत भएको ठाउँमा गई खटिन असमर्थ रहेको स्पष्ट गरे ।

स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत आफूभन्दा कनिष्ठ भएको भन्दै शिक्षा मन्त्रालय मातहतका उपसचिव स्थानीय तहमा जान मानिरहेका छैनन् । संविधानको अनुसूची ८ र ९ मा स्थानीय तहलाई शिक्षाको अधिकार दिइएको छ ।

“अहिले ज्येष्ठता मिचेर पठाइएका कर्मचारीलाई त्यही काम गर्न भनेका छौँ”, उनले भने– “सरकारले एक हप्ताभित्र ज्येष्ठताका आधारमा खटाउने विषयमा निर्णय गरेपछि फर्काउने कि खटाउने भन्ने निक्र्योल हुनेछ ।”

शैक्षिक जनशक्ति केन्द्रका उपनिर्देशक ईश्वरीप्रसाद पौडेलले आफूभन्दा कनिष्ठ कार्यालय प्रमुख भएको ठाउँमा आफूहरु जान नसक्ने बताए ।

सोही केन्द्रका उपनिर्देशक दिवाकर चापागार्इंले स्थानीय तहमा गएर काम गर्न तयार रहेको भन्दै मर्यादालाई मिचेर नभई सम्मानजनक ढंगबाट पठाइए आफूहरु जाने बताए ।

सरकारले गत जेठ १७ गते स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी गरी कर्मचारी खटाउन शुरु गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस