सार्वजनिक यातायात सहज बनाउँछुः मन्त्री बलायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक यातायात सहज बनाउँछुः मन्त्री बलायर


११ श्रावण २०७४, बुधबार


काठमाडौँ । नव नियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पदभार ग्रहण गरे ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भौतिक पूर्वाधारका काममा तीव्रता दिने र सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताए ।

उनले मन्त्रालयका काममा आएका जटिलता समाधानका लागि प्रतिबद्ध हुने जनाए ।

मन्त्री बलायरलाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत अधिकारीहरुले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न र बधाई दिन मन्त्रालयमै कार्यकर्ताको पनि भीड देखिन्थ्यो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस