२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानका १० स्थानीय तहमा कर्मचारी खटिए

अ+ अ-

सल्यान । जिल्लाका १० वटा स्थानीय तहमा कर्मचारी खटाइएको छ ।

गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहअन्तर्गत नगरपालिका तथा गाउँपालिकामा कर्मचारी खटाएको हो । स्थानीय तहमा खटाइएका कर्मचारीमा जिल्ला कृषि विकास कार्यालयबाट ४४ जना, जिल्ला समन्वय समितिबाट ३७ जना, पशुसेवा कार्यालयबाट ३७ जना, जिल्ला शिक्षा कार्यालयबाट २५ जना, महिला तथा बालबालिका कार्यालयबाट १२ जना खटाइएको छ ।

त्यसैगरी, जिल्ला प्राविधिक कार्यालयबाट छजना, जिल्ला वन कार्यालयबाट छजना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट पाँचजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार, जिल्ला युवा समितिको कार्यालयबाट तीन र जिल्ला भूसंरक्षण कार्यालयबाट दुईजना गरी १८१ जना कर्माचारी स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकबाट स्थानीय तहमा हाल सदरमुकाममा रहेका विषयगत सरकारी कार्यालयबाट गाउँस्तरमा कर्मचारी खटिएसँगै स्थानीयले संघीयता लागू भएको तथा सिंहदरबारको सेवा गाउँमै प्राप्त गर्ने महसुस हुने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस