३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जैविक प्रदूषणको चपेटामा कालीगण्डकी

अ+ अ-

म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत खतरामा परेको छ ।

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रितरुपमा ढल मिसाउनेजस्ता गलत मानवीय क्रियाकलापले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व संकटमा पर्दै गएको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहरमैला थुप्रिने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

हिन्दूधर्मावलम्बीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका साथै शालिग्राम पाइने विश्वकै एकमात्र नदीका रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवं मित्र जीवको सट्टा हानिकारक शत्रु जीवको उर्वर वासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

नदीमा भएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन घुमाउने क्षमतामा आएको ह्रास तथा जलीय वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा उत्पन्न विकराल समस्याबाट मुक्ति पाउनका लागि समयमा नै सबै ‘कालीगण्डकी बचाऊ’ अभियानमा सरिक हुनुपर्ने धारणा वातावरणविद्को छ ।

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ । नदी अत्यधिक प्रदूषित भएपछि विगतमा कञ्चन र सफा देखिने कालीगण्डकीको पानी अहिले कालो बाख्लो देखिनुका साथै गन्हाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस