आन्तरिक राजश्व कार्यालय भद्रपुरले गर्यो दुई अर्ब राजश्व संकलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आन्तरिक राजश्व कार्यालय भद्रपुरले गर्यो दुई अर्ब राजश्व संकलन


९ श्रावण २०७४, सोमबार


भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७३/७४ मा दुई अर्ब तीन करोड १५ लाख ८० हजार राजश्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले एक अर्ब ७९ करोड ६५ लाख ४७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा २३ करोड ५० लाख ३३ हजार राजश्व बढी संकलन भएको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी दिए ।

आयकरतर्फ ९९ करोड ८९ लाख ४९ हजार, बहाल करतर्फ पाँच करोड ९१ लाख १४ हजार, ब्याजकरतर्फ छ करोड ८६ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ ६१ करोड ७३ लाख १२ हजार, अन्तःशुल्कतर्फ २३ करोड ७३ लाख ७५ हजार, स्वास्थ्य सेवा करतर्फ तीन करोड ८६ लाख ३६ हजार र शिक्षा सेवा करतर्फ एक करोड १५ लाख १५ हजार राजश्व संकलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस