२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नामावली संकलनको समयावधि बढाउन सत्तारुढ दलहरुको आग्रह

अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली सङ्कलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आयोगमा दुई दलका नेताहरुले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयुक्तहरुसँग शुक्रबार वेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको नेतृत्वको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर मध्यवर्षायामा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निर्वाचन आयोगले यस अघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खाँडले कांग्रेस नेतृत्वले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा भाग लिन व्यवस्था गर्र्न सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल भएको बताए ।

उनाँले कांग्रेसले पहिलो र दोस्रोचरणको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा आयोगका पदाधिकारीलाई बधाइ र धन्यवाद ज्ञापन गरेको जानकारी दिए । कांग्रेसको टोलीमा नेताहरु आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए ।

यसैगरी, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पनि पार्टीको तर्फबाट नामावली सङ्कलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गरेको आयोगले दिएको छ ।

आयोगका कामु सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली सङकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ढेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताहरुले आयोगको ध्यानाकर्षण गराएका जानकारी दिए ।

उनाँले आयोगको जनशक्तिको, आगामी निर्वाचनको समयसीमा र स्थानीय तहको हालको अवस्था आदिका कारण जिल्ला सदरमुकामबाटै नामावली सङ्कलन गर्ने कार्यलाई भरपुर प्रयोग गर्न उचित हुने बताए ।

यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरुबाट निरनतर दर्ता, घुम्ति दर्ता, विशेष दर्तालगायतका कार्यक्रमबाट मतदाता नामावली सङ्कलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगित भएको थियो ।

आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र आफूसाथ लैजानु पर्ने छ ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा समय सापेक्ष सुधार गर्दै जाने क्रममा फोटोसहितको मतदाता नामावली तयार गर्दै आएको छ । शुद्ध र स्वच्छ मतदाता नामावली स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचनको आधार मानिन्छ ।

पछिल्लो पटक निर्वाचन आयोगले गत फागुन ९ गते अगाडी १८ बर्ष उम्मेर पुरा भएका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरे थियो । सोही मतदाता नामावलीको आधारमा आयोगले स्थानीय तहको पहिलो चरण र दोस्रो चरणको निर्वाचन गरेको हो । हाल एक करोड ४२ लाख ५४८ नेपाली नागरिक हरुको नाम मतदाता नामावलीमा दर्ता रहेको छ ।

यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरुबाट निरनतर दर्ता, घुम्ति दर्ता, विशेष दर्तालगायतका कार्यक्रमबाट मतदाता नामावली संकलन गरिदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासगै फागुन ९ गतेदेखि यो कार्य स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस