३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत विकासको अवधारणाअनुरुप अघि काम गर्नुपर्नेः अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाले एकीकृत विकासको अवधारणा अनुरुप काम थाल्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रथम नगरसभाको शुभारम्भ गर्दै उनले कामनपाले काठमाडौँ उपत्यकाभित्र रहेका ललितपुर महानगरपालिकालगायतका अन्य नगरपालिकालाई समेटेर सो अवधारणा अनुरुप विकास थाल्नुपर्ने बताएका हुन् ।

विकासको काम गर्दा आधुनिकताको नाममा आफ्ना गौरवपूर्ण संस्कृतिको पनि ख्याल गरिनुपर्छ भन्दै उनले कामनपाको भावी स्वरुपका लागि जनप्रतिनिधिले गुरुयोजना तयार पारेर अघि बढ्नपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले अहिलेका जनप्रतिनिधिलाई दुई वर्षअघि भूकम्पले भत्काएको भौतिक संरचनाका पुनःनिर्माणको दायित्व पनि ठूलो चुनौतीको रुपमा रहेको छ भने ।

आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम

नगरसभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सक्षम युवा, उत्कृष्ठ खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी, सामाजिक विकास एवम् समाजकल्याणमा दायित्व, जनपयोगी शिक्षा, सक्षम नागरिक, स्थानीय सरकार पूर्वाधार विकासको आधार, उज्यालो काठमाडौँ, व्यवस्थित सहरी यातायात, सुरक्षा र विपत् व्यवस्थापन, सक्षम न्याय प्रणाली, आर्थिक विकास र समृद्धिजस्ता १९ बुँदे कार्ययोजना अघि सारे ।

नीति तथा कार्यक्रमले आर्थिक विकास र समृद्धिलाई जोड दिँदै महानगरलाई आर्थिक समृद्धि र अवसरका रुपमा विकास गर्न, शैक्षिक, वाणिज्य र पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि लगानीमैत्री वातावरण बनाइने योजना समेटेको छ ।

त्यसैगरी विश्वका विभिन्न राष्ट्रका महानगरसँग भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य वातावरणसहितको सुन्दर काठमाडौँ अभियानलाई विशेष कार्यक्रमको रुपमा सञ्चालन तथा ‘हाम्रो काठमाडौँ उज्यालो काठमाडौँ’ अन्तर्गत महानगरपालिका क्षेत्रलाई अध्यारोबाट मुक्त गराई उज्यालो काठमाडौँ सहर बनाउने कार्ययोजनामा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस