कांग्रेस नेता जोशीको आजै अन्तिम संस्कार गरिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस नेता जोशीको आजै अन्तिम संस्कार गरिने


३० असार २०७४, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसले नेता रामहरि जोशीको निधनमा तीन दिन शोक मनाउने जनाएको छ ।

नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा शुक्रबार बसेको कांग्रेसको आकस्मिक बैठकले असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बैठकबाट साउन १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय पनि भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिन उनको पार्थिव शरिरलाई कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ ।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्व जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

यसैगरी नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायत नेता तथा कार्यकर्ताले आफ्ना पुराना नेताको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

नेपाली राजनीतिमा गान्धीवादी एवं समाजवादी पुराना नेताको रुपमा चिनिएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

स्व जोशीको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।

तस्विरः गोविन्द परियार

Tags :
प्रतिक्रिया दिनुहोस