सरकारको मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारको मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त


२९ असार २०७४, बिहिबार


काठमाडौं । सरकारले मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

क्षेत्री सहरी तथा गरिबी निवारण मन्त्रालयमा सचिव हुन् ।

हालका मुख्य सचिव डा. सोमलाल एडीबीमा उपकार्यकारी निर्देशक बनेर गए पछि सरकारले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो  ।

वि.सं. २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गरेका हुन् । उनको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।

मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णयसमेत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

फिनल्याण्ड सरकारबाट करिब दुई अर्ब ३६ करोड र जापान सरकारबाट करिब रु २७ करोड ४७ लाख प्राप्त हुने मन्त्री कार्कीले बताए । त्यसैगरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी वार्षिक बैठक एसिया प्यासिफिक ग्रुप अन एन्टी मनि लन्र्डिङ (एपिजी) सँग समन्वय गरी आगामी सन् २०१८ वा २०१९ मा (एपिजी) को बैठक नेपालले आयोजना गर्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस