३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

अ+ अ-

बैतडी । लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

खोड्पे – मोतीनगर सडकखण्डअन्तर्गत पाटन नगरपालिका– ८ झौलेक नजिक मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । पहिराले सडक अवरुद्घ हुँदा बझाङबाट काठमाडौँ, कञ्चनपुर, कैलाली र बैतडीका लागि छुटेका सवारी साधन बन्द भएका छन् ।

सडक अवरुद्घ भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन् । अवरुद्घ सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाटनबाट पहिरो पन्छाउने काम भइरहेकाले साँझसम्म सडक पुनः सञ्चालन हुन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पहिराकै कारण जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको तमैल बजार नजिक जाल्याबगरमा पहिरो जाँदा त्यहाँ पनि सडक अवरुद्ध भएको बताइएको छ ।

यसैबीच बैतडी, देहिमाण्डौँदेखि गिरेगडा सडक पनि अवरुद्ध भएको छ । उक्त सडक फराकिलो गर्ने काम भइरहेकाले अवरुद्घ भएको से १ ज १३२ जिपका चालक शिवराज जोशीले जानकारी दिए । उक्त सडकको ढकासदेखि सैनीखानसम्म फराकिलो पार्ने काम भइरहेको छ ।

उक्त सडक हिलाम्ये हुँदा पैदल यात्रुलाई हिँड्न समस्या भएको स्थानीयवासी प्रकाश जोशीले जानकारी दिए । बैतडीका अन्य गामीण कच्ची सडक पनि अवरुद्ध भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस