२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन प्रस्ताव पारित हुन नदिइने– एमाले

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइएने स्पष्ट पारेको छ ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज सम्पन्न स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौँ प्रतिकूलता भए पनि पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टीले आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नं. २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको तयारीमा व्यवस्थित ढङ्गले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश सङ्गठन कमिटीलाई निर्देशित गरेको छ । साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि आगामी साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएका सन्दर्भमा सोहीअनुसार योजनाबद्ध रुपमा लाग्न समेत मातहत कमिटीलाई निर्देशन दिइएको विज्ञप्तिमा उख्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस