२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडकखण्डमा एक हजार चार सय गाडी रोकिए

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् ।

नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २०० बस, ३०० ट्रक र १०० हलुका सवारीसाधन रोकिएको उनले बताए ।

ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो । त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो । जसमा ३०० बस, ४०० ट्रक र १०० हलुका सवारी साधन रोकिएको प्रहरी निरीक्षक पन्तले बताए ।

बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले बताए ।

यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेको थियो । समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकेको हो ।

दिउँसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ । उक्त सडकखण्डमा तीनवटा ¥यापिट रेस्पोन्स टिम ९आरआरटी० को व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको उनले बताए । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए ।

तीनवटा समूहले सात/सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । जसका कारण करिब तीन घन्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेसम्ममा राति रोकिएका सबै सवारीले सडक पार गरिसक्ने ट्राफिक प्रहरी प्रमुख पन्तले बताए ।

हालसम्म उक्त सडकको निर्माण कार्य ५१ प्रतिशत मात्रै सम्पन्न भएको छ । रासस

प्रतिक्रिया दिनुहोस