१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाप्लु विमानस्थलमा १३ दिनदेखि उडान अवरुद्ध

अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ ।

गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए ।

नियमित बाक्लो हुस्सु तथा नियमित पानी परिरहेको कारण विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि धावनमार्ग हिलो हुने समस्या टरेको भए पनि मौसम खराबीका कारण उडान अवरुद्ध भएको हो ।

निर्वाचनमा मतदानका लागि जिल्ला आएका राजधानी फर्कनका लागि टिकटको अत्याधिक माग भए पनि उडान नै हुन नसक्दा यात्रु मारमा परेको श्रेष्ठले बताए ।

उता जिल्लाकै लुक्ला विमानस्थलमा पनि उडान प्रभावित भइरहेको छ । लुक्लामा बिहानीपख केही उडान हुने गरेको भए पनि आवश्यकताअनुसर उडान हुन नसकिरहेको तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए । उनका अनुसार दैनिक पाँच÷छ वटा उडान तालिका हुने गरेको भए पनि मौसम खुलेको मौका पारेर एक÷दुई उडान मात्र हुने गरेका छन् ।

चार वटा विमानस्थल रहेको भए पनि काँगेलडाँडा र स्याङबोचे विमानस्थल लामो समयदेखि बन्द रहँदा लुक्ला र फाप्लु विमानस्थल मात्र सञ्चालनमा रहेका छन् ।

फाप्लु विमानस्थल बन्द हुँदा यात्रुको चाप जिपमा परेको छ । अहिले सल्लेरीबाट राजधानी जाने जिपमा समेट टिकट पाउन मुस्किल पर्ने गरेको छ ।

यसअघि सल्लेरी–काठमाडौँ जिप भाडा एक हजार २०० रहेकोमा अहिले एक हजार ८०० सम्म असुल्ने गरेको एक जना यात्रु शिव खड्काले बताए ।

व्यवसायीले भने वर्षात्का कारण जिप सञ्चालनमा समस्या हुने गरेकाले भाडा केही बढी लिने गरेको बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस