१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शासकका लागि सुविधा, किन जहिल्यै आलोचना हुन्छ ?

अ+ अ-

कतिपय विषयवस्तुहरुका बारेमा लेख्नुपर्दा समय र शब्दहरुको क्षय भएको महसुस हुन्छ । अझ उदाहरणीय र अनुसरणीय व्यक्तित्वहरुका आवश्यकता भन्दा पनि विलासिकताका बिषयमा हुने आलोचनाहरुको बिषयमा लेख्नु पर्दा त मन कटक्कै खान्छ । तर देशको समग्र अवस्थालाई नियाल्दा असुहाउँदा र नलेखि नहुने देखिए पछि लेख्नै पर्ने बाध्यात्मक परिस्थिति आउँछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन सामाग्रीको नाममा बिलासि गाडि खरिद गर्न नमान्दा आचारसंहिताकै धज्जी उडाउदै सचिवको सरुवा गरेको विषय सेलाउन नपाउँदै राष्ट्रपतिका लागि गाडि किन्न सरकारसंग १६ करोड माग गरेको विषय चर्चामा छ ।

मुलुकको राष्ट्र प्रमुखका लागि अत्यावश्यक सबै कुरा पुरा हुनुपर्छ, त्याहाँ देशको इज्जत र गरिमाको पनि कुरा आउँछ तर घाँटी हेरेर हाड निल्ने कुरालाई कदापि बिर्सनु हुँदैन । जुन देशमा सियो समेत उत्पादन हुँदैन तर करोडौंका गाडिहरु खोज्नु आफैमा पनि लज्जास्पद हुन जान्छ । अमेरिका, चाइना, बेलायतका राष्ट्रपतिकालागि जतिसुकै विलासि र विशेष प्रकारले डिजाइन गर्दा त्यो आवश्यकता र स्वभाविक हुन सक्छ तर त्यही कुरा नेपालको सन्दर्भमा लालच हो । यो आवश्यकता भन्दा बढी बिलासि भोक हो । राष्ट्रपतिका लागि प्रस्तावित कार किन्न लाग्ने भनिएको ८ करोड रुपैया चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चढ्ने कारभन्दा महंगो देखिन्छ । सी ले ८ करोड २५ लाख मुल्य पर्ने आफ्नै देशमा बनेको होङ्गी रेड फ्लाग चढ्छन् । पुटिनले २ करोड ५९ लाख मूल्य पर्ने र्सिडिज एस सी लिमोसिन कार चढछन् । अब भन्नुहोस् नेपालका राष्ट्रपतिका लागि ८ करोड पर्ने बिलासी कार कति सान्दर्भिक ठहर्छ ? र, बाँकी ८ करोडका अरु कस्ता सवारी किन्ने हो जुन उल्लेख भएको छैन, के त्यो अत्यावस्यक नै छ त ?

हाल प्रयोग गरिएदै आएका गाडिहरु के कारणले अनुपयुक्त भए र भूकम्प पीडितहरु चुहुने त्रिपालमुनि रात काटिरहेका बेला, तराइवासिहरु जलमग्न जमिनमा कापिइरहेका बेला राष्ट्रपतिलाई गाडि किन्न १६ करोड आवश्यकता देखियो । जुन देशका अधिकाँस नागरिकहरु दैनिक आधारभूत आवश्यकता पूर्ति गर्न नसकेर अर्काको मुलुकमा भाँडा माझेर देशमा रहेका परिवार पाल्नु परेको छ कुल्लि मजदुरी गर्नेले पठाएको रेमिटान्सबाट मुलुक चलिरहेको छ त्याहाँका शासकले बिलासिकता खोज्नु त्यसले व्यक्तिगत स्वाभिमान र पदीय मर्यादालाई कति उचो राख्छ, जहाँका जनताले अर्काको काम गर्दा दैनिक अपमान भोग्नु परेको छ, त्याहाँका शासकले बिलासि बस्तुको उपभोगबाट शान र मान खोज्नु कति नैतिकतायुक्त ठहर्छ त्यो त देशका ठूला ठूला विश्लेषक, सल्लाहकार र बुद्धिजिवीहरुले नै अथ्र्याउन् किनकी ठीक र बेठीक भन्ने विशेष अधिकार तिनले मात्रै प्राप्त गरेका छन् अरु त सबै भुसुना हुन् ।

जहाँसम्म अति विशिष्ठको सुरक्षासंग सम्बन्धित भनेर भनिन्छ नेपालमा के त्यस्तो चुनौति छ जहाँका शासकले चाइना र रुसको भन्दा बढी सतर्कता अपनाउनुपर्यो । हिजो सार्वजनिक गाडिमा हिड्नेहरुले शासनसत्तामा पुग्दा देश र जनताका निम्ति के त्यस्तो भयंकर काम गरे र थप सुरक्षा चुनौति देखिन पुग्यो र अति सुविधायुक्त साधनको आवश्यकता पर्यो । जनताकै बिचबाट, जनताकै लागि भनेर सत्तामा जाने अनि जनतालाई धुलो खुवाएर, पानीमा भिजाएर, बाढीमा डुबाएर आफुले विलासिकताको उपभोग खोज्दा यो कस्तो तन्त्रमन्त्र हो बुझ्नै गारो भयो मालिक साव हरु ।

जहाँसम्म यसको खरिदका लागि सेनालाई जिम्मा दिएको कुरा छ यसमा सेना सजग हुन जरुरी छ किनकी गौरवमय इतिहास र परम्परा बोकेको सेनाले देश र जनताको स्तर सुहाउने भन्दा माथिका काम गर्दा माटोले धिक्कार्ला ! बाँकी भिभिआइपीको नाममा मनमौजि चाहनेहरुको हकमा सम्बन्धित व्यक्तिले नै स्पष्ट पार्न जरुरी छ । किनकी सामान्यतयाः मेरालागि के हुँदैछ भन्ने कुरा मलाई थाहा हुन्छ । जय होस् ।

प्रतिक्रिया दिनुहोस