इलामको रोङ गापा–३ र ४ मा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इलामको रोङ गापा–३ र ४ मा काँग्रेस विजयी


१७ असार २०७४, शनिबार


इलाम । इलामको रोङ गाउँपालिका–४ मा वडाध्यक्षदेखि सबै वडा सदस्यमा नेपाली काँग्रेस प्यानल नै विजयी बनेको छ ।

वडाध्यक्षमा काँग्रेसका सूर्य राईले एमालेका रनबहादुर गुरुङलाई ६० मतले पछि पार्दै विजय हासिल गरेका हुन् । राईले ४१३ र गुरुङले ३५३ मत प्राप्त गरेका छन् ।

काँग्रेसका तर्फबाट महिला सदस्यमा विमला तामाङ ४१४, दलित महिला सदस्यमा रमिला विश्वकर्मा ३९८, खुल्ला सदस्यहरूमा कमलकुमार राई ४०१ र डम्बर सुनुवार ३८४ मतसहित विजयी बनेका हुन् ।

त्यस्तै रोङ गाउँपालिका–३ मा वडाध्यक्ष र महिला सदस्यमा काँग्रेसले जितेको छ भने अन्य तीन सदस्यमा एमालेले जितेको छ । वडाध्यक्षमा काँग्रेसका मातृका बरालले एमालेका खड्ग आलेलाई ८८ मतले पछि पार्दै विजय हासिल गर्नुभएको हो । बरालले ७२३ र आलेले ६३५ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा काँग्रेसकी योगमाया सुनुवार ६८६, एमालेको तर्फबाट दलित महिला सदस्यमा इन्द्रकला विश्वकर्मा ६८४, खुल्ला सदस्यहरूमा दुर्गा बराइली ६५० र प्रेमराज गुरुङ ६०८ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस