२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोली हानी लुटपाटमा संलग्न मुख्य योजनाकार भारतबाट पक्राउ

अ+ अ-

चितवन । पश्चिम चितवनको शुक्रनगरमा गोली हानी लुटपाट गरेर फरार भएका एक अभयिुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको विशेष अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा घटनाका मुख्य योजनाकार भनिएका उनलाई भारतको दिल्लीबाट पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

यसरी पक्राउ पर्नेमा पर्वत पकुवा घर भई हाल चितवनको भरतपुर २७ स्थित ससुरालीमा बस्दै आएका २७ वर्षीय कृष्ण शाही ठकुरी रहेका छन् ।

उनलाई यही असार १५ गते भारतमा पक्राउ गरी चितवन ल्याएर शनिबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

उनीसँगै चोरीमा संलग्न रहेका अन्य दुईजनालाई चोरिएका सामानसहित यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले लुटेका गहनाहरु गालेर अर्कै गहना बनाएको अवस्थामा बरामद गरिएको थियो ।

यसअघि पक्राउ गर्नेमा नवलपरासी मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका लक्ष्मण परियार र सोही ठाउँका नारायण विक छन् । उनीहरुबाट ८३ हजार नगद, पेस्तोल, गरगहना, घन, खुकुरी, रड र चक्कु बरामद गरिएको छ ।

भरतपुर महानगर वडा नं. २५ स्थित शुक्रनगरमा जेठ ४ गते पेस्तोलको प्रयोग गरी घन र रडले हानेर लुटपाट गरी उनीहरु फरार भएका थिए ।

लुटेराको गोली लागेर घाइते भएका स्थानीय २५ वर्षका गङ्गासागर महतोको उपचारका क्रममा मृत्यु भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस