२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल अधिकार

अ+ अ-

जन्मदै आमाबाबु गुमाएको दुःखी अनाथ शिव सरीता मेडमको घरमा कामदारको रुपमा केहि वर्षदेखि काम गर्दै आएको थियो । त्यस घरमा विहान उठेदेखी साँझसम्म घर सफा गर्ने, फुलवारी गोडमेल गर्ने, बच्चा हेर्ने र बगैँचा हेर्ने आदि इत्यादि दैनिकी थिए उसका लागि ।

चौँध बर्षको उमेर हुँदापनि विद्यालयको भित्री आँगन देख्न नपाएको शिवलाई पढाई कालो अक्षर भैंसी बराबर नै थियो । उसलाई यत्ति मात्र थाहा थियो कि, मालिकले भनेका जुनसुकै काम गर्नु र गर्थ्यो पनि ।

सरीता मेडम सधैँ बिहानै निस्केको साँझ घर फर्कनुहुन्थ्यो । शिवलाई आफ्नो मालिक कहाँ जानुहुन्छ ? के गर्नुहुन्छ ? केही थाहा थिएन तर कार्यलय र कार्यक्रममा धाउनुहुन्छ भन्ने कुरा चाँहि सुनेको थियो ।

एकदिन कार्यक्रममा जाँदा आफ्ना झोला बोक्नुपर्ने भएकाले शिवलाई पनि सँगै सहयोगीका रुपमा लाने निधो गर्नुभयो सरीता मेडमले ।

उहाँले कार्यक्रममा सोधेका जति सबैलाई शिव मेरो छोरो हो भनेर भन्नुहुन्थ्यो । कार्यक्रममा छोराको संज्ञा पाउँदा शिव भने अचम्मित र खुसी थियो ।

उसले कार्यक्रममा पहिलो पटक टाई, सुट र विभिन्न कार्यलय पोशाकमा भद्रभलाद्मी देख्ने अवसर पाएको थियो तर अनपढ, अबोध बालक भएका कारण के कामका लागि आएका ? किन आएका रकुन कार्यक्रम हो ? ठम्याउन त अनुमान समेत गर्न सकेन ।

कार्यक्रम सुरु भएपछी धेरै वक्ताहरुले बोल्न थाले तर शिवलाई कसै प्रती वास्ता भएन ।

उसमा केवल आफ्नि मालिक्नी सरीता मेडम कतिबेला बोल्नुहुन्छ ? भन्ने कुरामै कौतुहलता थियो । केहि समयपछि सरीता मेडमको पालो आयो र मञ्चमा गएर चर्को स्वरमा बोल्न थाल्नुभयो ।

“आजका साना बालबालिका भनेका भोलीका देशका कर्णधार हुन् । उनका कापी–कलम समाउँने हातलाई टेम्पो, गाडीका ढोका हान्ने, घाँस (दाउरा काट्ने, कलकारखानामा लगाई उनको हाँस्न, खेल्न र बोल्न पाउँने अधिकारलाई कुण्ठित गर्नु भनेको बालश्रम शोषण हो । साथै शिक्षाको उज्यालो घामबाट बञ्चीत गराउनु हो ।”

यो बोली रहँदा कार्यक्रमको ठूलो हल जोडदार तालीले गुञ्जायमान थियो तर शिव भने कुनामा आफ्नो शिर लुकाएर यो भाषण एकटकले टोलाएर सुनिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस