२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंक व्यापार गर्ने संस्था हैनः गभर्नर नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै उनले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह (गाउँसम्म) पुग्नु आवश्यक भएको बताए ।

“बैंक र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी आर्थिक क्रियाकलाप हुने स्थानीय तह गाउँसम्म विस्तार गरी दक्ष जनशक्ति र कुशल व्यवस्थापन जरुरी छ”– गभर्नर नेपालले भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकको एकीकृत कारोबार गर्ने नीतिअनुरुप बैंकको पुँजी झन्डै चार गुणाले बढेको र यसले एकीकृत कारोबार गर्न उत्साह प्रदान गरेको बताए ।

बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले बैंक तथा वित्तीय सुधारका लागि एकीकृत कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइनुपर्ने खाँचो औँल्याए ।

कुमारी बैंकका सञ्चालक डा. शोभाकान्त ढकालले आफूहरुले राष्ट्र बैंकको नीतिअनुरुप पुँजी वृद्धि गरी आगामी कार्ययोजना तयार पारेको र अहिले बैंकको निक्षेप पुँजी जम्मा ५२ अर्ब र कर्जा ४५ अर्ब रहेको जानकारी दिए ।

यसैबीच कुमारी बैंकले राष्ट्र बैंकको नीति (आठ अर्ब चुक्ता पुँजी) अनुरुप आजदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई (प्राप्ति) एकीकृत गरी कारोबार सुरु गरेको हो ।

कुमारी बैंकमा तीनवटा बैंक तथा वित्तीय संस्था एकीकृत भएपछि ७५४ कर्मचारी र ७४ वटा शाखा पुगेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नीति अनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको आठ अर्ब, विकास बैंकको दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस