दाङ । बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका मेघराज रानाको प्यानल नै विजयी भएको छ ।
निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भएका हुन् । विजयी रानाले ३३६ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् । रासस