२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरको बेदकोट–२ मा एमाले विजयी

अ+ अ-

भीमदत्तनगर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका नौवटै तहको मतगणना जारी रहेको छ । हालसम्म कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा नेकपा एमालेका उम्मेदवार नरेश सिंह वडाध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, यहाँको बेलौरी नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रतनबहादुर शाहीसहित माओवादी प्यानल नै विजयी भएको छ । त्यसैगरी, यहाँको लालझाँडी गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका दिनेश राना प्यानलसहित विजयी भएका छन् ।

त्यसैगरी, पुनर्वास नगरपालिका–१ मा एमालेका उम्मेदवार फैरु तामाङ बिजयी भएका छन् । दुई गाउँपालिका र सातवटा नगरपालिका रहेको कञ्चनपुरमा बिहीबारदेखि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यहाँका सबै नगर र गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख र उपप्रमुखमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । केही नगरपालिकामा काँग्रेस, केहीमा एमाले र माओवादीले अग्रता लिएका छन् । आज वडाहरुको परिणाम आउने क्रम जारी रहनेछ । दुई लाख ३५ हजार ७३५ मतदाता रहेको कञ्चनपुरमा ७३.५ प्रतिशत मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस