इलाम सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इलाम सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार


इलाम । इलामको सन्दकपुर गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नन्दकुमार राई विजयी भएका छन् । राई ३८० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाएका छन् ।

यसैगरी, खुल्ला सदस्यमा नेकपा एमालेका तेजबहादुर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ विजयी भएका छन् । सोही वडाका दलित महिला सदस्यमा एमालेकी दिलमाया विक र सदस्य पदमा माओवादी केन्द्रबाट सिद्धार्थ राई विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस