इलाम नगरपालिका–१२ मा काँग्रेस विजयी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इलाम नगरपालिका–१२ मा काँग्रेस विजयी


१६ असार २०७४, शुक्रबार


इलाम । स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरे ।

सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएइ विजयी भए ।

प्रतिक्रिया दिनुहोस