२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पराजुली प्रधानन्यायाधीशमा सिफारिस

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्को आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहिबार बसेको परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कामु प्रधानन्यायाधीश पराजुलीको नाम प्रस्ताव गरेका थिए ।

बैठकले सर्वसम्मतीले प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस गर्ने निर्णय गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।
पराजुलीको नाम अब सार्वजनिक सुनुवाइका लागि संसदीय सुनुवाई विशेष समितिमा पठाइनेछ । समितिले उनको नाम अनुमोदन गरेपछि उनको नियुक्ति हुनेछ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ । हाल वरिष्ठताका आधारमा न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश छन् ।

नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिसको काम संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ । जसमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।

प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्यका रूपमा रहने व्यवस्था छ ।

गत जेठ ३० गतेको न्यायपरिषद् बैठकले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि छ जनाको नाम सिफारिस गरेको थियो । परिषद्ले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव, उपप्रधानमन्त्री एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए ।

पराजुलीको संक्षिप्त परिचय

प्रधानन्यायाधीशमा नाम सिफारिस हुनुभएका पराजुलीको जन्म २०१० वैशाख १६ गते कन्हु शिवपुर गाविस–६, तनहुँमा भएको थियो । पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायअन्तर्गत ग्रामीण विकास र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।

पराजुलीले २०६७ मङ्सिरमा तत्तकालीन पुनरावेदन अदालतको मुख्य न्यायाशीश हुँदै सर्वोच्च अदातलमा २०७१ देखि न्यायाधीशका रुपमा काम सुरु गरेका हुन् । न्यायिक क्षेत्र संयोजक समितिका अध्यक्ष, सर्वोच्च अदालतका सूचना प्रविधि समितिका सदस्यलगायत विभिन्न न्यायिक निकायमा रही काम गरिसक्नुभएका पराजुलीले जर्मनीको न्याय प्रणालीको अवलोकन भ्रमण, राष्ट्रिय तथा अन्तराष्ट्रिय न्यायिक सम्मेलनमा सहभागि भएका थिए ।

पराजुलीले जर्मन, लगर्जेवर्ग, फ्रान्स, स्वीटजारल्याड, वेल्जियम, नेदरल्याड, भारत, संयुक्त राज्य अमेरिका, जापान, कोरियालगायत देशको भ्रमण गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस