२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई बाली धानको विस्तार : आर्थिक समृद्धिको आधार’

अ+ अ-

काठमाडौँ । आजबाट औपचारिक रुपमा धान दिवस सुरु भएको छ । असार १५ को दिनलाई दही चिउरा खाने र मानो रोपेर मुरी भित्र्याउने दिन पनि भनिन्छ ।

कृषि विकास मन्त्रालयले भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलबाट औपचारिक रुपमा धान रोपाइँ सुरु गरेको छ । अनौपचारिक रुपमा किसानले असार १ गतेबाट धान रोपाइँ सुरु गरे पनि रोपाइँ साउन दोस्रो सातासम्म गरिन्छ ।

जिल्ला कृषि विकास कार्यालय, भक्तपुरको आयोजनामा आज १४ँऔँ राष्ट्रिय धान दिवस भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा ‘दुई बाली धानको विस्तार आर्थिक समृद्धिको आधार’ भन्ने अभियानका साथ राष्ट्रिय धान दिवस सुरु गरेको हो ।

नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउने चलन चलेको हो । गतवर्ष ललितपुरको लेलेमा धान रोपाइँ गरी औपचारिकता प्रदान गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक अन्तराष्ट्रिय धान दिवस सम्पन्न गरेको थियो । सोही दिनलाई नेपालले औपचारिकता प्रदान गर्दै आएको छ ।

“आगामी वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेका छौँ ।” मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले भने । नेपालका प्रमुख छ खाद्यान्न बालीमध्ये धान प्रमुख बाली हो । आव २०७३÷७४ मा १५ लाख ५२ हजार हेक्टर जमिनमा खेती गरी ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

नेपालमा चैते धान, बर्खे धान र घैया धानको खेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तल झर्छ ।

आव २०७३÷७४ मा एक खर्ब चार अर्बको धान उत्पादन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ भने धानको योगदान २० देखि २१ प्रतिशत छ ।

हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान उत्पादन कार्यक्रम अगाडि बढेको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापालाई धान उत्पादनको सुपरजोन क्षेत्र घोषणा गरिएको छ ।

सरकारले किसानलाई बृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हँुदा रु ५० हजार, चैते, मसिनो बास्नादार उत्पादनमा रु पाँच हजार दिने नीति लिएको छ । अहिलेसम्म यहाँ ८१ प्रकारका धानका जातको खेती हुँदै आएको छ ।

नेपालमा वार्षिक लगभग ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाउँ नेपालको जुम्ला जिल्लाको छुमचौर हो । त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी छ । रासस

प्रतिक्रिया दिनुहोस