नेपालमा अस्ट्रेलियाली लगानी आउने विश्वास « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा अस्ट्रेलियाली लगानी आउने विश्वास


१५ असार २०७४, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गरे । उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्याएको सहयोगको सराहना पनि गरे ।

राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय प्रतिनिधि पिप्पा ब्राडफोर्डले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमसम्बन्धी सम्झौताका विषयमा छलफल भएको उपप्रधानमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस