रहेनन् सुदूरका साहित्यीक हस्ति भट्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रहेनन् सुदूरका साहित्यीक हस्ति भट्ट


१३ असार २०७४, मंगलबार


धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाज तथा कैलाली जनपुस्तकालयका पूर्व अध्यक्ष एवम् नेपाली साहित्य क्षेत्रमा लामो समयदेखी क्रियाशील साहित्यकार दिनानाथ भट्टको मंगलबार निधन भएको छ ।

सुदूर पश्चिमको धनगढीलाई कर्मथलो बनाई साहित्य, कला, संस्कृति, शिक्षा र समाजसेवाका क्षेत्रमा पुर्याउदै आएका भट्ट केही दिन देखि बिरामी थिए । सुदूरले एक कुसल साहित्यीक स्रष्टा गुमाएको बताउदै सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले साहित्यिक गतिबिधि मार्फत नयाँ पुस्तालाई अगाडि बढाउनमा उनले खेलेको एक कुशल अभिभावकको भूमिका सदा चिरस्मरणीय रहने बताए ।

कविता लेखन मार्फत नेपाली साहित्यका क्षेत्रमा भट्टले ठुलो योगदान पुर्याएका छन् । उनका दर्जन बढी कृति प्रकाशित छन् । सेती अञ्चल अस्पताल व्यवस्थापन समिति पूर्वअध्यक्ष समेत भइसकेका भट्ट कैलाली बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य समेत हुन् । उनका तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस