२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने र कुनै हालतमा पनि सरकारले निर्वाचन सार्न नहुनेमा जोड दिएको छ ।

नेकपा एमालेको पार्टी कार्यालयमा आज बसेको स्थायी कमिटीको बैठकले निर्धारित मितिमा निर्वाचन गर्न नसके नेतृत्व गर्नेको नियतमाथि समेत गम्भीर ढङ्गले प्रश्न उठ्ने हुँदा निर्वाचन सार्न नहुनेमा जोड दिइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सबै राजनीतिक दलसँग संवाद गरी परिस्थिति सहज बनाउँदै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट विचलित नहुन सरकारलाई आग्रह गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सरकारको नेतृत्व तहबाटै निर्वाचनका मितिका बारेमा भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चतता सिर्जना गर्ने र राजनीतिक अस्थिरतालाई बढावा दिने सार्वजनिक अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको बैठकपछि पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको मितिमा प्रदेश नं. १, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दै बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिल्कुल अलग विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले व्यवस्थापिका–संसद्मा प्रस्तावित संविधान संशोधनप्रति पार्टीको गम्भीर असहमति रहेको र उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष मागसमेत गरेको छ ।

बैठकले राष्ट्रिय जनता पार्टी राजपाले केही समयदेखि उठाउँदै आएका केही मागप्रति पार्टी सकारात्मक रहेको जनाउँदै विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचारको व्यवस्था गर्ने लगायतका मागलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

मुलुकमा दण्डहीनताको स्थिति आउन नदिन र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति नदिन ध्यानाकर्षण गराउँदै एमालेले कुनै पनि निर्दोष नेपाली नागरिकमाथि अनुचित दण्ड सजाय नहोस् भन्ने कुरामा पार्टी सचेत रहेको र सो क्रममा आवश्यक छानबिन गरी निर्दोष व्यक्तिमाथि लगाइएका मुद्दा फिर्ता गरी निर्वाचनको वातावरण बनाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनको तयारी र प्रचारप्रसारका काममा अझै एकताबद्ध रुपमा अघि बढ्न पार्टीको सिङ्गो पङ्क्तिलाई निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचनमा भाग लिन र नेपालको राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दललाई एमालेले आह्वान गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक असार १ गते बिहान ८ः०० बजे पार्टी अध्यक्ष ओलीको निवास बालकोट भक्तपुरमा बस्ने छ । रासस

प्रतिक्रिया दिनुहोस