२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासङ्घको महाधिवेशन सार्न माग

अ+ अ-

काठमाडौँ । असार १४ गते हुने स्थानीय तह निर्वाचनका कारण समय अनुकूल नहुने भन्दै नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनको मिति सार्न माग गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि मतगणना र चुनावी परिणामको समाचार सङ्कलनमा पत्रकार सहभागी हुनुपर्ने भएकाले असार २१ र २२ गते तय भएको महासङ्घको महाधिवेशनको मिति कम्तीमा एकसाता पर सार्न माग गरिएको हो ।

प्रदेश नम्वर १, २, ५ र ७ नम्वर प्रदेशको निर्वाचन र त्यसपछि हुने लामो मतगणना प्रक्रियाका कारण पत्रकार महाधिवेशनमा सहभागी हुन नपाउने अवस्था आउने भन्दै पत्रकार रामकृष्ण भण्डारीको अगुवाइमा महाधिवेशनको मिति सार्न महासङ्घलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।

केन्द्रीय सभासद्समेत रहेका पत्रकार भण्डारीले महाधिवेशनको मिति सार्ने विषयमा महासङ्घसँग छलफल र समन्वय गर्न नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशील पत्रकार सङ्घ, सञ्चारिका समूह, मधेसी पत्रकार समाजलगायतका पत्रकार सङ्गठनलाई समेत ध्याकर्षणपत्र बुझाएका छन् ।

महाङ्सघले आगामी असार २१ र २२ गते २५ औँ महाधिवेशन गर्ने निर्णयसहित सम्वन्धित शाखालाई पत्राचार गरेपछि उक्त समयमा श्रमजीवी र सक्रिय पत्रकार तथा केन्द्रिय सभासद् स्थानीय निर्वाचनको समाचार सङ्कलनमा खटिनुपर्ने भएकाले महासङ्घको ध्यानाकर्षण गराइएको भण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस