एसियन कप छनौटमा नेपाल र यमनले समान अंक बाडे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसियन कप छनौटमा नेपाल र यमनले समान अंक बाडे


३० जेष्ठ २०७४, मंगलबार


काठमाडौं । नेपाल र यमनले एसियन कप छनौट अन्तरगतको समूह एफ को आफ्नो दोश्रो खेलमा समान अङ्क बाँडेका छन् ।

दोस्रो खेलमा नेपालले यमनसँग बराबरी खेल्दै पहिलो अंक जोडेको छ । दुवै टोलीले राम्रा अवसरहरू सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

यसअघि गत चैत महिनामा फिलिपिन्सिमा भएको समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा यसमनसँग अङ्क बाड्न बाध्य बन्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले प्रतियोगितामा जित हासिल गर्न नसकेपनि नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको टिप्पणी गरे ।

त्यस्तै यमनका प्रशिक्षक इब्राहिम मेब्रातोलले खेलमा बराबरी खेल्नु ठीकै भएको प्रतिक्रिया दिए । प्रतियोगितामा नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

समूह एफमा रहेको नेपालले समूह चरणको तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । नेपाल एक अङ्कसहित लिगको तेस्रो स्थानमा छ । त्यसैगरी यमन चार अङ्क जोड्दै समूहको शीर्ष स्थान उक्लेको छ । फिलिपिन्स भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको ताजकिस्तान अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस