२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भवन पुनःनिर्माण गर्न सहयोग

अ+ अ-

म्याग्दी । गत फागुन २५ गते साँझ विद्युत् सर्ट भई आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीले करिब रु साढे दुई लाख सहयोग गरेका छन् ।

प्रवासी नेपाली म्याग्देली सङ्घ ९मोना० पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीको सक्रियतामा दुई लाख ४२ हजार सहयोग प्राप्त भएको हो । मोना पोर्चुगलको पहलमा सङ्कलित ८० हजार ३८० आइतबार मोनाका संरक्षक सुवासकुमार श्रेष्ठमार्फत विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन बानियाँ र शिक्षक रामप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ ।

यसअघि पोर्चुगलमा रहेका विद्यालयका पूर्व विद्यार्थी लिलाधर पौडेल र राखुका वकिल केसीको पहलमा एक लाख ६२ हजारसहयोग प्राप्त भएको थियो । सो विद्यालयको भवन पुनःनिर्माणका लागि हालसम्म स्थानीय बासिन्दा, प्रवासी संस्था, व्यक्ति र पूर्व विद्यार्थीबाट १८ लाख ३९ हजार १८६ जुटेको शिक्षक शर्माले जानकारी दिनुभयो । दक्षिण कोरियाबाट छ लाख ६९ हजार २००, अस्टेलियाबाट दुई लाख ५० हजार प्राप्त भएको छ ।

भवन पुनःनिर्माणका लागि विद्यालयले २२ लाखमा जग्गा खरिद गरिसकेको छ । आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ । १७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको पाँच वटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का १०० भन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरिएको छ ।

आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हुँदा ९२ लाख बराबरको क्षति पुगेको थियो । भवन पुनःनिर्माणका लागि जिल्ला शिक्षा कार्यालय र बेनी नगरपालिका कार्यालयसँग सहयोगको अपेक्षा राखेका छन् ।

शान्ति कोषमा प्रवासीद्वारा सात लाख सहयोग

जटिल रोगबाट थलिएका आर्थिकरुपमा विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले स्थापित कोषमा प्रवासीले सहयोग गरेका छन् ।

म्याग्दी उद्धार समिति बहराइनले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आइतबार सात लाख सहयोग गरेको हो । नव वर्ष २०७३ को अवसरमा बहराइनमा आयोजित कार्यक्रमको अवसरमा त्यहाँ रहेका म्याग्देली र नेपालीबाट सङ्कलित रकम कोषको खातामा जम्मा गरिएको समितिले जनाएको छ ।

हालसम्म १८ जना व्यक्तिले दुई लाख सहयोग गरेर संरक्षक, मोना कतारले संस्थागत संरक्षक र ५०० जनाले पाँच हजार सहयोग गरेर आजीवन सदस्यता लिएका छन् । कोषमा हाल ६० लाखभन्दा बढी सङ्कलन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस