२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास

अ+ अ-

मोरङ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख छन् । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख भएका हुन् ।

डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख छन् । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख छन् ।

उनले भने– “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थालेपछि राम्रो भयो ।” उनीमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहामा ५०, सौराभागमा ५०, हात्तीमुडामा ५०, डग्राहामा ७५ लगायत स्थानमा घर निर्माण भइरहेका लक्षित समुदाय निकै खुसी छन् ।

डङ्ग्राहाका मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिँदै उनले भने– “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।” जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि मख्ख भएका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले सो काम सुरु गरेको हो । विभागले सुरु गरेको विराटनगर चक्रपथ निर्माणको काम सुरु भएको २१ वर्ष पुग्दासमेत ट्र्याक खोल्ने कामसमेत सम्पन्न भएको छैन ।

मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेका छन् । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ ।

त्यसको सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोतका कार्यालय प्रमुख पनि सदस्य छन् ।

संसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुने सो क्षेत्रका मौना बाँतरको भनाइ छ । कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ ।

जनता आवास निर्माणका लागि सुनसरी मोरङमा १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्नेछ । सो कार्यक्रमअनुसार जनता आवासको काम दु्रतगतिमा भइरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले जनता आवासको काम दु्रतगतिमा भइरहेको बताउछन् । कार्यालय प्रमुख सिंहले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस