२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु भएको केहि समयमा लगातारको वर्षाले रद्द भएपछि दुवै टोलीले संयुक्तरुपमा उपाधि प्राप्त गरेका हुन् ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएका नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लबका सामु १२७ रनको लक्ष्य दिएको थियो । पुलिसले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन जोडेका थिए ।

जवाफी व्याटिङमा उत्रेका आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछिको लगातारको वर्षाले गर्दा खेल हुन नसकेपछि अम्पाएरले खेलको नियमानुसार दुवै टोलीलाई संयुक्तरुपमा विजेता घोषणा गरे ।

उपाधिसँगै आर्मी र पुलिसले रु १५/१५ लाख प्राप्त गरे । उक्त प्रतियोगिताका विजेता टोलीलाई रु २० लाख तथा उपविजेता टोलीलाई १० लाख नगद पुरस्कार प्रदान गर्ने व्यवस्था थियो ।

पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ३२ रन जोडे । त्यसैगरी दीपेन्द्रसिंह ऐरी १९, सिद्धान्त लोहनीले २०, कुशल भुर्तेलले १५, सुशील कँडेलले १२, दिलिप नाथले नौ तथा अमित श्रेष्ठ र आरिफ शेखले समान ४÷४ रन जोडे ।

पुलिसलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जितेन्द्र मुखिया एक्लैले ४ विकेट लिए भने सुशान भारीले ३, सागर पुनले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भए । उनले ब्याटिङतर्फ १२६ रन र बलिङतर्फ सर्वाधिक १४ विकेट लिएका थिए । उपाधिसहित पुनले रु एक लाख प्राप्त गरे । प्राप्त रकमको २५ प्रतिशत बृद्धाश्रमलाई प्रदान गर्ने घोषणासमेत उनले सो अवसरमा गरे ।

त्यसैगरी पश्चिमाञ्चलका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान चुनिए भने आर्मीका सुशान भारी उत्कृष्ट बलर बने । दुवै खेलाडीले जनही ५० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पश्चिमाञ्चलकै विपिन खत्री घोषित भए । उनले उपाधिसहित २५ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता टोलीलाई उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरे ।

सो अवसरमा मन्त्री श्रेष्ठले क्रिकेट खेलको विकास तथा विस्तारका लागि सरकारले सक्दो पहल गर्ने बताउँदै यस किसिमको प्रतियोगिताले खेलाडीको स्तरबृदि हुने बताए ।

राखेपको आयोजनामा यही जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा तीन विभागिय टोलीसहित पाँच विकास क्षेत्रका टोलीको सहभागिता थियो ।

खेलाडी सम्मानित

राष्ट्रिय खेलकुद परिषदले पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका राष्ट्रिय कीर्तिमानधारी र स्वर्ण पदक विजेता खेलाडीहरुलाई आज सम्मान गरेको छ ।

गत पुस ८ देखि १५ गतेसम्म भएको उक्त प्रतियोगतामा स्वर्णपदक हात पार्ने र राष्ट्रिय कीर्तिमान राख्ने खेलाडीलाई मात्र सम्मान गरेको हो । रजत तथा कास्यपदक विजेताले पनि छिट्टै पुरस्कार पाउने राखेपले जनाएको छ ।

स्वर्ण पदकधारी खेलाडीमध्ये एकल खेलतर्फ २६० जनालाई रु १५ हजारका दरले र समूहिक खेलतर्फ ४२८ जनालाई रु सात हजारका दरले पुरस्कार प्रदान गरियो । त्यसैगरी राष्ट्रिय कीर्तिमान बनाएका भारत्तोलनका पाँच, पौडीका दुई र एथ्लेटिक्स तथा आर्चरीका एक एक गरी नौ खेलाडीले २५ हजारका दरले पुरस्कार प्रदान गरियो ।

सो अवसरमा राखेप सदस्यसचिव केशवकुमार विष्टले अबदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने तथा सागमा स्वर्णपदक हात पार्नेलाई क्रमशः १० हजार मासिक भत्तासमेत प्रदान गरिने घोषणा गरे । रासस

प्रतिक्रिया दिनुहोस