बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मान


२१ जेष्ठ २०७४, आइतबार


चितवन । बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठान चितवनद्वारा शनिबार स्रष्टा सम्मान तथा साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।

कथाकार माया ठकुरीको प्रमुख अतिथ्यमा सम्पन कार्यक्रममा काठमाडौं निवासी एच बि सी नेपालकी अध्यक्ष, साहित्यकार दूर्गा घिमिरेलाई परोपकार सम्मान तथा पुरष्कार प्रदान गरियो । त्यस्तै नवलपरासीका साहित्यकार समालोचक सदानन्द अभागीलाई साहित्य सम्मान र हेटौंडा घर भै हाल काठमाडौं बस्दै आएकी साहित्यकार रूकुम कार्की लाई परोपकार साहित्य सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै चितवनका वरिष्ठ कवि गीतकार श्रीभक्तअच्युत वाग्लेलाई साहित्य सम्मान २०७४ बाट सम्मानित गरियो । चारैजना स्रष्टालाई जनही पन्ध्र हजार एक नगद, ताम्रपत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरियो ।

कार्यक्रममा साहित्यकार गोविन्दराज बिनोदी, धनराज गिरी, एल बि क्षेत्री, पत्रकार दामोदर नेपाल, सामाजिक अभियन्ता मीना खरेल, अधिवक्ता इन्दु कोइराला, साहित्यकार पुष्प अधिकारी अञ्जलि, हेटौंडाका साहित्यकार हयग्रीव आचार्य, साहित्यकार शान्तिप्रिय बन्दना, साहित्यकार द्वारिका नेपाल, गजलकार बिद्धान चिराग भन्डारी, पूर्ण बहादुर साउद, शिरिष शम्भु, निर्दोष जीवन, आँसु तोप नरेन्द्र पौडेल, सुरेश गिरी, गायिका दिनु उदासी, नेपाली लेखक संघ चिचितवनका अध्यक्ष डा. एक नारायण पौडेल लगाएतका बक्ताले मन्तव्य व्यक्त गर्नुका साथै आफ्ना रचना वाचन गरेका थिए ।

बुद्धि खगीदान स्मृति राष्ट्रिय प्रतिष्ठान नेपालकी संरक्षक सुमित्रा पौडेल आंचलले संस्थाको परिचय सहित यसको स्थापनाको उद्देश्य बताएकी थिइन । कार्यक्रम संस्थाका उपाध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षमा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस