३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता

अ+ अ-

चितवन । नेकपा (एमाले) चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्को जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो । बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान गरेको भन्दै सामाजिक सञ्जालबाट चर्को विरोध आएको थियो । सोही कारण गएराति १० बजे एमालेले चितवनले बन्द फिर्ता भएको घोषणा गरेको थियो । बन्द फिर्ता भएपनि मतगणना नजिकै सुरु गरिएको धर्ना कार्यक्रम भने जारी रहेको एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिए ।

गणनाका क्रममा मतपत्र च्यातिएर मतगणना रोकिएपछि आन्दोलन चलाउँदै आएको एमाले चितवनले मङ्गलबारदेखि धर्ना कार्यक्रम गर्दै आएको छ । एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले मतगणना तुरुन्त सुरु गर्न माग गरेका छन् । जेठ १४ गते राति मतगणना भइरहेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको आरोप एमालेको छ ।

सोही दिनदेखि भरतपुर महानगरपालिकाको मतगणना कार्य स्थगित भएको छ । माओवादी केन्द्रले भने एमालेले मतपत्र नियन्त्रणमा लिन थालेपछि सुरक्षा गर्न जाँदा मतपत्र च्यातिन पुगेको दाबी गर्दै आएको छ जसका कारण अहिले भरतपुरको मतगणनास्थलमा सिल गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस