३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा गजल सङ्गमः लय मरयो भने प्रलय हुन्छ

अ+ अ-

काठमाडौँ । सुन्दर पर्यटकीय नगरी पोखरामा गजल वाचन तथा गजलमाथि परिचर्चा सम्पन्न भएको छ ।

जरा फाउन्डेसन नेपाल र गजल सन्ध्या पोखराको संयुक्त आयोजनामा शनिबार सम्पन्न ‘गजल सङ्गम’ मा देशका विभिन्न क्षेत्रका करिब २५ गजलकारले गजल वाचन गरेका थिए । दुई चरणमा विभक्त उक्त कार्यक्रमको पहिलो चरण गजल परिचर्चामा केन्द्रित थियो । वर्तमान गजलको अवस्था र गजलमा देखिएका विवादबारे कवि तथा समालोचक महेश पौड्यालले गजल समालोचक डा. घनश्याम परिश्रमी, दीपक समीप र घनेन्द्र ओझाबीच अन्तक्रिया गराएका थिए ।

कार्यक्रममा समालोचक डा. परिश्रमीले नेपाली गजलको वर्तमान विभिन्न धारबाट हिँडिरहेको र यहीँबाट नेपाली गजलमा विवाद र मतभेद सिर्जना भइरहेको बताए । गजलको समीपले नेपाली गजलमा अहिले देखिएका प्रयोग र अभ्यासलाई सम्पूर्ण रूपमा बेवास्ता वा निषेध गर्न नहुने तर्क गरे । अर्का समालोचक ओझाले गजल शास्त्रीय विधा भएकाले यसको सिद्धान्त पहिल्यै निर्माण भई प्रयोगमा आइसकेको तथा लामो समयदेखि प्रचलित परम्परा भएको हुँदा अब पनि नेपाली गजलले त्यसलाई त्याग्न नसक्ने धारणा राखे ।

दोस्रो चरणमा धनराज गिरी, दुर्गा बाबा, सरस्वती सरु, देवेन्द्र केसी, असीम सागर, आवाज शर्मा, रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री, सङ्गीता आभास, महेश क्षितिज, असफल गौतम, बिर्सना बस्नेत, त्रुपक, प्रकाश अधिकारी, सुमन स्मारिका, सङ्गीता थापा, मोहन भण्डारी, सुदर्शन पौडेललगायतले आआफ्ना गजल वाचन गरेका थिए ।

कार्यक्रममा कवि तथा गीतकार प्राज्ञ तीर्थ श्रेष्ठले हरेक साहित्यिक विधालाई स्वतन्त्र रूपले विकसित हुन दिनुपर्ने धारणा राख्दै तर स्वतन्त्रताका नाममा ती विधाका आधारभूत मर्म भने मारिनु नहुने बताए । गजलको हकमा प्रमुख कुरा नै लय भएको बताउँदै श्रेष्ठले भने, “सम्पूर्ण सृष्टि नै लयमा चलेको हुन्छ । लय मर्यो भने प्रलय हुन्छ ।”

जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले यसै बेला गजलमा देखिएका विवादलाई निरुपण गर्न र गजलगोहरुलाई अझ परिपक्व सिर्जनाका लागि उत्प्रेरित गर्न प्रयत्न गरिनुपर्ने बताए । “यसैका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस