२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गन्धर्वको सारङ्गीले झक्झकायो रोल्पालीलाई

अ+ अ-

लिबाङ । छोरा मर्यो युद्ध लड्दा, बेपत्ता छन् पति
खाली सिउँदो पुछिएका उठ चेली जति
पुस्तौँदेखि रोल्पालीले पाएका छन् चोट
उम्मेदवार राम्रो छानी दिनुहोला भोट
रगतले मुछिएको यो रोल्पाली माटो
आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो

आइतबार एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगेर र्याँइर्याँइ सारङ्गीको मीठो धुनसँगै घोराही नगरपालिका दाङका मङ्गले गन्धर्वले यो मीठो गीत गाइरहँदा त्यहाँको वातावरण नै सङ्गीतमय बनेको थियो । पहिले गीत सुन्दा निकै उत्साहित बनेका युवायुवती गीत सुन्दै जानेक्रममा निकै भावुक बनेका थिए । गन्धर्व दाइले गीत गाइरहँदा यी गीतका शब्दले रोल्पाली आमामात्र रोएनन् कैयौँ बाबु पनि भक्कानिए ।

जवानीमै सिउँदो पुछिएका चेली, बुढेसकालमा काख रित्तिएका आमा, द्वन्द्वकै कारण अभिभावक गुमाएका टुहुरा बालबालिका, बेपत्ता पारिएका तथा घरबारविहीन भएर बाँचिरहेका विस्थापित परिवारका सदस्य सबैलाई भावविह्वल बनायो मङ्गलेको गीतले । उनले आधा दर्जन बढी गीत सुनाएका थिए । सबैजसो गीत महिला पक्षमा बोलिएको जस्तो अनुभूति हुन्थ्यो ।

कति गर्छौ दिदी बहिनी घाँसदाउरा र मेला
आएको छ देशको भाग्य आफैँ लेख्ने बेला

पहिलो चरणको स्थानीय निर्वाचन देशका विभिन्न स्थानमा सम्पन्न भएपनि स्थानीय निर्वाचन रोल्पामा भने दोस्रो चरणमा हुने भएको छ । निर्वाचनका लागि प्रचारप्रसार सामग्रीसहित टोलटोलमा पुगेको ठूलो समूह मङ्गलेको गीत सुन्न एकै ठाउँमा झुम्मिएको थियो । मंगलेले गीतमात्र गाएनन्, उनले निष्पक्षरुपमा चुनावको प्रचारप्रसार समेत गरे । उनले गाएका गीतका हरेक शब्द शब्दमा रोल्पाली जनताको आवाज बोलेको थियो ।

यसैबीच उनले दशवर्षे सशस्त्र युद्धका कारण पचास वर्ष पछाडि पारिएको रोल्पा र रोल्पालीले अझै पनि स्थानीय निर्वाचनमा विचार नपुर्याए रोल्पा अझै पछाडि पर्ने बताए । उनले गीतका माध्यमबाट आगामी स्थानीय निर्वाचनमा हाम्रो होइन राम्रो, सक्षम, सबल र जनप्रिय उम्मेदवारलाई भोट दिनुपर्ने सुझाव दिएका छन् ।

हाम्रो होइन राम्रो नेता छानौँ दाजुभाइ
भोट दिउँ जनप्रिय उम्मेदवारलाई
उठ नारी च्यात अब बन्धनको जालो
जाग ब्यूझ जुर्मुराउ आयो तिम्रो पालो

चाउरी परेको अनुहार, फाटेका लुगा, काँधमा पुरानो झोला, टाउकोमा मैलिएर रङ नै नचिनिने आधा कपाल बाहिरै निस्किएको टोपी लगाएका मङ्गलेले आफू उमेरले करिब साठी वर्ष पार गरिसकेको बताए ।

बाबु आमासँगै गीत गाउँदै हिँड्ने क्रममा ५÷६ वर्षकै उमेरमा सारङ्गी रेट्न सिकेका मङ्गलेले आठ नौ वर्षको उमेरदेखि नै यही पेसा अङ्गालेको बताए । कतै माया पिरतीका, कतै उकाली ओरालीका कतै जीवन र जगतप्रतिको आफ्नो भोगाइका त कतै समसामयिक परिवेशका गीत सहित उनले ठट्यौलो पाराको गीत पनि गाएका थिए । ठट्यौलो पाराको गीत गाएपछि भने आँखामा आसु टल्पलाएका मुहारमा हाँसो छाएको देखिन्थ्यो ।

यसैबीच मङ्गलेले आधुनिकताको नाममा पश्चिमी संस्कृतिले नेपाली मौलिकतामा ठूलो ठेस पुर्याएको बताए । उनले गीतको माध्यमबाट गन्धर्वका कथा ब्यथा सुनाउँदै लोक संस्कृतिको जगेर्नामा लाग्न सबै रोल्पाली युवालाई प्रेरित गरे ।

गन्धर्वको कथा ब्यथा सारङ्गीले सुन्छ
भोको पेट नाङ्गो छाती कैले पूरा हुन्छ
बाँच्नै गाह्रो भयो हाम्लाई पिरैपीर बनी
सारङ्गीलाई माया गरौँ नेपाली हौँ भनी

बाँकी गीतलाई बीचमै रोकेर मङ्गलेले भने “सारङ्गी, मादल, मुर्चुङ्गा, विनायो, ट्यम्की, सनाही, ख्याम्टा आदि हाम्रा लोकबाजा हुन् तर यिनको बदलामा नेपालीहरु हारमोनियम, गिटार, किबोर्ड, तवला, बिंजु र बाँसुरीको धुनमा रमाउन खोजिरहेका छन् । यसकारण दिनप्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदै गएको उहाँको बुझाइ छ । त्यसैले लोकबाजाको संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको सुझाव छ ।

लाहुरे बाका आँगनीमा रोदी गाँउथे पैले
सारङ्गी र डम्फू मादल ओझेल पर्यो ऐले ।
सम्पत्तिको नाउँमा हाम्रो यै सारङ्गी बाजा
बज्नै छाड्यो भन्छन्, सबले गाउँघरमा आज

उनका अनुसार पछिल्ला दिनमा एकाध गन्धर्वबाहेक सबैले आफ्नो गाइने पेसालाई छोडिसकेको हुँदा पनि यो पेसा सङ्कटमा पर्दै गएको छ । त्यसैले गाइने दाइको सारङ्गी र गाइने दाइको लोकभाका संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस