३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस, एमाले, माओवादीले उम्मेदवार निर्धारण गरे

अ+ अ-

उदयपुर । स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन् ।

एमालेले सोमबार जिल्लाका आठवटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ ।

जिल्लाको त्रियुगा नगरपालिकामा एमालेले प्रमुखका लागि बलदेव चौधरी र उप्रमुखमा सृजना दनुवारको नाम सार्वजनिक गरेको छ । यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख र उपप्रमुखमा भीमकुमारी राउत, बेलका नगरपालिकामा प्रमुखमा दुर्गाकुमार थापा र उपप्रमुखमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा प्रमुखमा नरेन्द्रबहादुर राउत र उपप्रमुखमा कान्ता राई रहेको कुरा एमाले प्रचार विभाग उदयपुरका प्रमुख परमेश्वर घिमिरेले बताए ।

यस्तै, उदयपुरगढी गाउँपालिकाबाट एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्की रहेको एमाले उदयपुरले बताएको छ ।

यता नेपाली काँग्रेस उदयपुरले त्रियुगा नगरपालिकाको प्रमुखमा वसन्तकुमार बस्नेत र उपप्रमुखमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको प्रमुखमा खगेन्द्र राई, बेलका नगरपालिकाको प्रमुखमा अशोक कार्की र उपप्रमुखमा दीपा राई, कटारी नगरपालिकाको प्रमुखमा ज्ञानेन्द्र मानसिंह राउत र उपप्रमुखमा सरस्वती ढुङ्गाना रहेका छन् ।

यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उमेदवार निर्धारण गरेको कुरा काँग्रेस उदयपुर प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताएका छन् ।

यता नेकपा माओवादी केन्द्र, उदयपुरले पनि जिल्लाका पाँच स्थानीय तहमा उमेदवार निर्धारण गरेको छ । जिल्लाको कटारी नगरपालिकाको प्रमुखमा केपी बराल र उपप्रमुखमा मीना कोइराला, बेलका नगरपालिकाको प्रमुखमा रमण भट्टराई र उपप्रमुखमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुङ्गराज विकलाई अध्यक्षमा नाम सिफारिस गरेको माओवादी केन्द्र उदयपुरका पार्टी अध्यक्ष विनोद कटुवालले बताएका छन् ।

बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादी केन्द्र उदयपुरले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस