२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरमा माओवादी केन्द्रद्वारा पुनः मतदानको माग

अ+ अ-

चितवन । नेकपा माओवादी केन्द्र चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ ।

माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो ।

सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त घटना एमालेले घटाएको भन्दै घटनाको वास्तविकतालाई बङ्ग्याएर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट माओवादी केन्द्रविरुद्ध प्रचार गरिएको भन्दै भत्सना गरेको छ ।

जिल्ला इन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले नेकपा एमालेले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिह्न उठाएको उल्लेख गरिएको छ ।

एमालेले सुरुदेखि नै मतपरिणामलाई प्रभाव पार्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनधिकृत मान्छेको प्रवेश गराउने गर्दै आएको सोही विज्ञप्तिमार्फत माओवादी केन्द्रले आरोप लगाएको छ ।

“मतगणना चलिरहँदा हाम्रो उम्मेदवार जिततर्फ अघि बढिरहेका बेला एक्कासि एमालेका मतगणना प्रतिनिधि कृष्ण न्यौपाने, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुङ्गानाले मतपत्र कब्जा गरी च्यात्न लागेपछि आफ्ना प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले मतपत्रको रक्षागर्ने क्रममा केही मतपत्र च्यातिन पुगे”, जारी विज्ञप्तिमा भनिएको छ ।

सो क्रममा माओवादी केन्द्रले पक्राउ परेका शिवाकोटी र न्यौपानेको तत्काल रिहाइको मागसमेत गरेको छ । राति नै उनीहरुलाई प्रहरीले मतगणनास्थलबाट पक्राउ गरेको थियो ।

उक्त वडामा एमालेले मतगणना अगाडि बढाउन माग गरेको छ भने नेपाली काँग्रेसले पनि पुनः मतदानको माग गरेको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचन आयोगमा घटनाबारे जानकारी दिएको र आयोगको निर्देशनअनुसार अघि बढ्ने बताएका छन् । अहिले मतगणनास्थल सिल गरिएको छ भने प्रहरी सुरक्षा कडा पारिएको छ । रासस

प्रतिक्रिया दिनुहोस