श्रीलङ्कामा बाढी पहिरोमा मृत्यु हुने सङ्ख्या १४६ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्कामा बाढी पहिरोमा मृत्यु हुने सङ्ख्या १४६ पुग्यो


१५ जेष्ठ २०७४, सोमबार


श्रीलङ्का । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या आइतबार अपरान्ह्सम्म १४६ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ ।

बाढीकाकारण पाँच लाख व्यक्ति विस्थापित हुनु परेको र अझै कतिपय जोखिमपूर्ण अवस्थामा रहेका बताइएको छ ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष यताको सबभन्दा ठूलो भएको बताइएको छ ।

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् ।
सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ संगठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरुलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन् ।

श्रीलङ्कामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल बिद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून भै रहेको थियो । अहिले भएको बर्षात्ले राष्ट्रलाई नै पीडा थपिए ता पनि कृषि उत्पादन तथा बालीनालीका लागि भने बरदान पाएजस्तो भएको छ ।

गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस